भारतले एक खेलअगावै जित्यो इङ्ल्यान्डसँग टी-२० शृंखला – Nepal Press

भारतले एक खेलअगावै जित्यो इङ्ल्यान्डसँग टी-२० शृंखला

काठमाडौं । भारतले इङ्ल्यान्डविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जित पक्का गरेको छ ।

सुरुका लगातार दुई खेल जित्दै भारतले एक खेलअगावै शृंखला जित पक्का गरेको हो । दोस्रो खेलमा भारतले शनिबार राति इङ्ल्यान्डलाई ४९ रनले हरायो ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७० रन जोडेको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित ४६ रन बनाए । कप्तान रोहित शर्माले ३१ र विकेटकिपर रिसभ पन्तले २६ रन बनाए ।

इङ्ल्यान्डले १७ ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन मात्र जोड्न सक्यो । इङ्ल्यान्डका मोइन अलीले ३५ र डेभिड विलीले ३३ रन बनाए । दाविद मलानले १९ र लियाम लिभिङ्स्टोनले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह र ज्यभेन्द्र चाहलले २/२ विकेट हात पारे । ३ ओभरमा १५ रन खर्चिएका भुवनेश्वर प्लेयर अफ दी म्याच घोषित भए । पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर