संगीत स्रोताको प्रतिवाद : ममाथि लगाइएका आरोप कपोकल्पित र झुट्टा हुन्
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/07/sangeet-srota.jpg)
काठमाडौँ । लेखक तथा स्तम्भकार सरिता तिवारीले लगाएको सबै आरोप कपोकल्पित भएको दाबी गरेका छन् ।
फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले लेखेका छन्, ‘२०७२ मा ‘घटना’ भएको भनी ममाथि ‘यौन दुर्व्यवहार’को आरोप उनले लगाएकी हुन्, जुन आरोप पूर्णतः कल्पित, बदला भावले युक्त, पूर्वाग्रह प्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो ।’
लेखक तिवारीले लगाएको सम्पूर्ण आरोपको खण्डन गर्दै बुँदागत रूपमा यस्ताे लेखेका छन् :
-२०७२ सालमा नेपालखबर अनलाइन खुलेकै थिएन, त्यो २०७३ सालको असारमा स्थापना भएको हो । मसँग २०७२ मा स्कुटर थिएन, २०७३ सालको तिहारको तीन दिनअघि साथी गौतम राई, गुरुङ सुशान्त, वन्दना ढकाल र म सँगै गएर यो किनिएको हो, ०७२ सालमा मैले बाइक चलाउन सिकेको पनि थिइनँ ।
-म कीर्तिपुरस्थित तत्कालीन ‘मूल्याङ्कन’ अनलाइनको तयारी कार्यालय (तुलसीदास महर्जनको घर)मा काम गर्दै गर्दा उनी आफै कीर्तिपुर नयाँ बजार आइपुगेर मलाई फोन गरेको हो, थापाथलीबाट हामी सँगै गएको होइन । मेरो डेरामा उनी एक दिन आएको सत्य हो तर दुई दिन होइन । त्यो दिन डेरामा उनी र म मात्रै होइन, मेरो गाउँको मामा कृष्ण विक पनि हुनुहुन्थ्यो । खाना खानुअघि मेरो घरबेटी वीरप्रसाद भन्सारी, कृष्ण विक, निज आरोपक र म बसेर राजनीति, साहित्य, ‘मूल्याङ्कन’ पत्रिका, आत्मनिर्भर विकास मञ्च संस्थालगायत विषयमा कुराकानी गरेको र तस्बिर समेत खिचाएको हो । मैले खाना बनाएको, कृष्ण विकसहित तीन जनाले खाना खाएको र निज आरोपक र मबीच केही बेर मेरै ल्यापटपमा उनको आउँदै गरेको कविता किताबको भूमिका सम्पादनसम्बन्धी काम भएको हो ।
-हामीले ल्यापटपमा काम गरिरहेको बखत कृष्ण विकले केही पुस्तक र पत्रपत्रिका पढेर बस्नुभएको हो । काम सकेपछि कृष्ण विक र म भान्सा कोठामा, निज लाइब्रेरी कोठामा सुतेको हो । अर्को दिन बिहान उठेर मैले बेलुकाको जुठा भाँडा माझी, कालो चिया पकाई सात बजे वरिपरि चिया लिएर लाइब्रेरी कोठामा पुग्दा निज आफ्नो दिदीसँग मोबाइलमा भिडियो कल गर्दै कपाल कोर्दै र मेकअप गर्दै गरेको भेटेको हो । तीनै जना बसेर कालो चिया खाँदा चितवनमा कवि आहुति र मलाई पाहुना र वक्ता बनाएर ‘गहुँगोरो अफ्रिका’ किताबबारे कार्यक्रम गर्ने योजना निजले सुनाएको हो (त्यसको केही सातापछि सो कार्यक्रम टाँडीमा भएको थियो), त्यस्तै कृष्ण विकले पनि पर्वतबाट आफूले ‘दलित सन्देश’ पत्रिका प्रकाशन गर्न चाहेको र त्यसमा निजसँग र मसँग पनि सल्लाह र सहयोग माग्नुभएको हो । घरमा चिया खाइसकेपछि हामी तीनै जना कीर्तिपुर नयाँ बजार ओर्लेको हो ।
-कृष्ण विक र म लेखक उज्ज्वल प्रसाईँलाई भेट्न बस चढेर थापाथली निस्केको हो, निज चोभार–चाल्नाखेलतिर आफ्नो कोही पारिवारिक आफन्तकहाँ जानु छ भनी छुटेको हो । यस अवधिमा निजले आरोप लगाएअनुसारको उनीमाथि कुनै पनि ‘दुर्व्यवहार’ वा ‘हिंसा’ मैले गरेको छैन । किताब सम्पादनको काम मात्रै लिएर निजको डेरामा सीधै आएको र सीधै चितवन फर्केको होइन, निजकै फेसबुक पोस्टहरूले उनी कम्तीमा एक साता काठमाडौँमा बसेको पुष्टि गर्छ । ‘घटना’ भएको भनिएको अवधि यताका उनका मेरा सहकार्य, सम्बन्ध, संवाद, सार्वजनिक जीवन, साङ्गठनिक आबद्धता, फोन मेसेज, फेसबुक पोस्ट, मेसेन्जर संवाद जस्ता दर्जनौँ तथ्यहरू छन्, जसले उनले ममाथि लगाएको यो आरोपलाई सीधै खण्डन गर्छन् ।’
ठैत्!
सरिता तिवारीमाथी कार्वाही हुनु पर्यौं। जे मन लाग्यौं त्यही गर्न कसैलाई पनि कानुनले छुट दिएको छैन। २०७२ सालमा भएको घट्ना कसरी २०७९ मा आएर सार्वजनिक भयो? यस्तै हो भने कोहि पनि पुरुष आरोप बिहिन हुन्न। मिल्दा संसार बिर्सिने नमिल्दा संसारलाई देखाउने।