सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु – Nepal Press

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर