नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दीमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीका ३२ एसएसपीलाई बढुवामा सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । उनी २०५१ मा भर्ना भएका प्रहरी अधिकृत हुन् । उनीसँगै भर्ना भएका अर्का दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपीमा उक्त ब्याचका उनीहरू दुईजनामात्रै बाँकी थिए । उनीहरू दुबैजना आईजीपीको दौडमा रहनेछैनन् ।

यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उनको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो ।

यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर