जोकोभिच विम्बल्डनको फाइनलमा – Nepal Press

जोकोभिच विम्बल्डनको फाइनलमा

लन्डन- सर्बियन स्टार नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको फाइनलमा पुगेका छन्।

जोकोभिचले शुक्रबार साँझ भएको सेमिफाइनलमा क्यामरुन नोरीलाई चार सेट खेलेर हराए। पहिलो सेट गुमाएका जोकोभिचले त्यसपछि लगातार तीन सेट जितेका थिए। पहिलो सेट ६-२ ले जितेका नोरी त्यसपछि लगातार तीन सेटमा ६-३, ६-२ र ६-४ ले पछाडि परेका थिए।

जोकोभिच विम्बल्डनका अघिल्ला लगातार तीन संस्करण विजेता हुन्। उनले यो प्रतियोगिता हालसम्म ६ पटक जितेका छन्।

जोकोभिचले यसपटक उपाधि जित्न निक किर्गियसलाई हराउनु पर्ने छ। राफेल नाडाल चोटका कारण खेल्न नसक्ने भएपछि किर्गियसले वाक ओभर पाएर फाइनल पुगेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर