बुढीगंगा-१ मा ६६ मतले एमाले उम्मेदवार विजयी – Nepal Press

बुढीगंगा-१ मा ६६ मतले एमाले उम्मेदवार विजयी

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका १ मा एमाले उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ६६ मतले हराउँदै एमालेका रणबहादुर थापा विजयी भएका हुन् । उनले ४१६ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार लोग बहादुर थापाले ३५० मत पाएका थिए ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्वाचन आयोगको निर्णय पछि हिजो यहाँ निर्वाचन भएको हो ।

८३१ मत झरेकोमा यस वडामा प्रमुखमा एमालेले कांग्रेसका उम्मेदवार भन्दा ३९ मत बढी पाएका छन् । प्रमुखमा एमालेका उम्मेदवारले ४१८ मत पाउँदा उपप्रमुखले ४१३ मत पाएकी छन् । कांग्रेसका प्रमुखले ३७९ मत पाउँदा उपप्रमुखले ३७२ मत पाएकी छन् । यहाँ मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

यस्तै, उपमेयरमा काङ्ग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर