बुढीगंगा अपडेट : ४ सय मतगणना हुँदा एमालेलाई आधाभन्दा बढी – Nepal Press

बुढीगंगा अपडेट : ४ सय मतगणना हुँदा एमालेलाई आधाभन्दा बढी

काठमाडौं । बुढीगंगा नगरपालिका वडा नम्बर १० को ४०० गणना हुँदा एमालेले अग्रता जारी राखेको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २०८ मतसहित फराकिलो अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रंग खातिले १५८ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमाले उम्मेदवारको २१२ र नेपाली कांग्रेसका उम्मेदवारको १६७ मत छ ।

वडाध्यक्षमा पनि एमाले उम्मेदवार अगाडि छन् । एमालेका डेविड क्षेत्रीले १९९ मत ल्याउँदा कांग्रेसका मोहन बुढाले १७६ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर