नेपालीले खान्छन् वार्षिक १ खर्ब ७ अर्ब तलब – Nepal Press

नेपालीले खान्छन् वार्षिक १ खर्ब ७ अर्ब तलब

काठमाडौं । नेपाल भएका उद्योगले वार्षिक रूपमा उद्योगमा काम गर्ने श्रमिकलाई वार्षिक १ खर्ब तलब दिने गरेका छन् । नेपाल भएका ६० हजार १ सय ८५ उद्योगले १ खर्ब तलब दिने गरेका हुन ।

आज सार्वजनिक भएको ११औँ राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ अनुसार नेपालका भएका ६० हजार १८५ उद्योगले वार्षिक रूपमा १ खर्ब ७ अर्ब ८९ करोड तलब दिएको उल्लेख छ । विभागले आर्थिक वर्ष २०७५÷७६ लाई आधार मानेर तथ्याङ्क आज प्रकाशित गरेको हो ।

नेपालमा भएका ६० हजार उद्योग मध्ये औद्योगिक उत्पादनका ५६ हजार ६११ वटा उद्योगले ९५ अर्ब ७७ करोड, खानी तथा उत्खनन क्षेत्रका ३५६ वटा उद्योगले १ अर्ब ८० करोड, विद्युत्, ग्याँस बाफ तथा वातानुकूलितका ९९४ वटा उद्योगले ६ अर्ब ९२ करोड, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा २ हजार २२४ वटा उद्योगले ३ अर्ब ४० करोड तलब दिएका छन् ।

सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका ४ प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा ४ लाख ९१ हजार २२७ जना व्यक्तिहरूले रोजगारी पाएका छन् ।

जसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ६ हजार ४८५, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६४, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा क्षेत्रमा १८ हजार १८५ जनाले रोजगारी पाएको तथ्यांकमा उल्लेख रहेको छ ।

कोरोना कालमा नेपालको ६३ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका थिए । ६० प्रतिशत कामदारले अस्थायी र १७ प्रतिशत कामदारले स्थायी रूपमा जागिर खोसिएको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर