जसपाको विज्ञप्ति : केन्द्रीय समिति बैठक काठमाडौं होइन वीरगन्जमा बस्छ – Nepal Press

जसपाको विज्ञप्ति : केन्द्रीय समिति बैठक काठमाडौं होइन वीरगन्जमा बस्छ

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय समितिको बैठक वीरगन्जमा बस्ने बताएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै बैठक असार २९, ३० गते वीरगन्जमा बस्ने बताए ।

१३ गतेको कार्यकारिणी समितिको निर्णयअनुसार बैठकको मिति र स्थान तय भए पनि गैर जिम्मेवार व्यक्तिले काठमाडौंमा बस्ने भनेर हल्ला फैलाएको उनले बताएका छन् ।

जसपामा अहिले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएको छ । यादव पक्षले वीरगन्जमा बैठक बस्ने भने पनि भट्टराई पक्षले काठमाडौंमा सोही मितिमा बैठक डाँकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर