गोली लागेका जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस – Nepal Press

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस

काठमाडौं । चुनावी अभियानमा सम्बोधन गरिरहेका बेला गोली लागेर गम्भिर घाइते बनेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आबेको स्वासप्रस्वास र मुटुको चालमा समस्या देखिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको हो ।

सिन्जो नारा मेडिकल युनिभर्सिटीमा उपचाररत् छन् । जापानका प्रधानमन्त्री फुमिओ कासिदाले उक्त घटनालाई पाशविक र विद्वेषपूर्ण घटनाको संज्ञा दिदै दोषीमाथि कारबाही हुने आश्वस्त पारेका छन् । आबेको उपचारमा कुनै कमी हुन नदिने र चिकित्सकहरू उनको ज्यान बचाउन भरमग्दुर प्रयासमा रहेको कासिदाको भनाइ छ । सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर