बुढीगंगा अपडेट : सर्वदलीय बैठक जारी, लगत्तै गणना – Nepal Press

बुढीगंगा अपडेट : सर्वदलीय बैठक जारी, लगत्तै गणना

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको तयारीस्वरूप अहिले सर्वदलीय बैठक बसिरहेको छ । बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिएपनि केही ढिलो बैठक सुरु भएको हो । बैठकलगत्तै गणना गर्ने जनाइएको छ ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले आजलाई पुन निर्वाचनको मिति तोकेको थियो । हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो ।

यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर