धरान उपमहानगरले मेयरको गाडी बेचेर सडकका खाल्डा पुर्न रोलर किन्ने – Nepal Press

धरान उपमहानगरले मेयरको गाडी बेचेर सडकका खाल्डा पुर्न रोलर किन्ने

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुविधाको गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले
सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

मेयर साम्पाङले लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर