विम्बलडनः चोटका कारण बाहिरिए नाडाल – Nepal Press

विम्बलडनः चोटका कारण बाहिरिए नाडाल

काठमाडौं । कीर्तिमानी राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् ।

शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेली नाडाल बाहिरिएका हुन् ।

बुधबार भएको क्वार्टरफाइनल खेलमा पनि उनी चोटका कारण निकै संघर्षका साथ खेलिरहेका थिए । चोटका बाबजुद नाडालले उक्त प्रतिस्पर्धामा पाँच खेल खेल्दै टेलर फिट्जलाई पराजित गरेका थिए ।

‘मैले आफ्नो खेल करिअरमा धेरै निरन्तरता दिने प्रयास गरिरहेको छु तर खेलसँगै यो चोट पनि झन् बढ्दै जाने स्पष्ट छ,’ उनले भने ।

नाडाल बाहिरिएसँगै किर्गियस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष लगातार अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जित्दै नाडाल कीर्तिमानी २२औं पटक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनेका थिए । विम्बलडन जित्दै ग्रान्डस्लाम उपाधि संख्या २३ पुर्‍याउने उनको लक्ष्य थियो ।

नाडालभन्दा बढी विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर