अर्थमन्त्री प्रकरणमा प्रधानमन्त्रीसमेतलाई छानबिनमा तान्नुपर्छ : सांसद पदम गिरी – Nepal Press

अर्थमन्त्री प्रकरणमा प्रधानमन्त्रीसमेतलाई छानबिनमा तान्नुपर्छ : सांसद पदम गिरी

काठमाडौं । अर्थमन्त्री प्रकरणको छानबिनमा प्रधानमन्त्रीसमेतलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग संसदमा उठेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पदम गिरीले सो माग गरेका हुन् ।

बैठकको शून्य समयमा बोल्दै गिरीले संसदीय छानबिन समिति गठनका लागि सभामुखलाई धन्यवाद दिए । संसदीय समितिले कसैको दबाब र प्रभावमा नपरिकन छानबिन गर्नुपर्ने उनले बताए ।

गिरीले भने, ‘बडो विडम्बनापूर्ण के छ भने नेपालीले मात्रै पुगेन, उपेन्द्र हेरावत भन्ने भारतीय नागरिकलाई मध्यरातमा अर्थ मन्त्रालय पसाएर करको दर हेरफेर गरिनु राज्यविरुद्धको अपराध हो ।’

यस कार्यले समग्र अर्थतन्त्रका कुन क्षेत्रमा कस्तो असर पर्छ भन्ने सूक्ष्म अध्ययन हुनुपर्नेमा गिरीले जोड दिए ।

उनले थपे, ‘संसदीय समितिले अर्थमन्त्रीमात्र होइन, प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालयको उच्चपदस्थ कर्मचारीहरुलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर