१६ अंकले घट्यो बजार, एक अर्ब ८० करोडको कारोबार – Nepal Press

१६ अंकले घट्यो बजार, एक अर्ब ८० करोडको कारोबार

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज १६.६० अंकले बजार घट्दा नेप्से परिसूचक २०२७.३२ अंकमा आएको छ ।

बजार घटेको दिन आज एक अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

एलआईसी नेपालको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो कम्पनीको आज ७ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर