कप्तान रेनुकालाई भेट्न अस्पताल पुगे खेलकुदमन्त्री – Nepal Press

कप्तान रेनुकालाई भेट्न अस्पताल पुगे खेलकुदमन्त्री

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज रेनुका उपचाररत अस्पतालमा पुगका छन् ।

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी रेनुकालाई भेट्न बिहिबार बिहान बीएन्डबी अस्पताल पुगेका मन्त्री गहतराजले उनको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्रीले रेनुकालाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । साथै उनले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रशिक्षणको क्रममा घाइते भएकी कप्तान नगरकोटीको घाँटी मुनिको बाँया हड्डी भाँचिएको थियो । उनको मंगलबार बीएन्डबी अस्पतालमा सफल शल्यक्रिया भएको थियो । रनुकाले घाइते भएकै कारण भदौमा नेपालमा आयोजना हुने भनिएको महिला साफ च्याम्पियनसिप २०२२ गुमाउने भएकी छिन् । उनलाई मैदान फर्किन तीन महिना लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर