जिससपछि म्यान सिटीबाट बाहिरिँदै स्टर्लिङ – Nepal Press

जिससपछि म्यान सिटीबाट बाहिरिँदै स्टर्लिङ

लन्डन । इङ्लिस प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ छिमेकी क्लब चेल्सी जान सहमत भएका छन् ।

म्यान सिटीसँग अझै एक वर्ष सम्झौता अवधि बाँकी रहेकाले उनलाई क्लबले अनुमति दिएमात्र चेल्सी जान सक्नेछन् । म्यान सिटीले सन् २०१५ मा स्टर्लिङलाई लिभरपुलबाट भित्र्याएको थियो ।

त्यतिबेला ४९ मिलियन पाउन्ड स्थान्तरण रकम खर्चिएको थियो । म्यान सिटी भित्रिएयता स्टर्लिङले क्लबका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् । स्टर्लिङले इङ्ल्यान्डका लागि ७७ खेल खेलेका छन् ।

२७ वर्षीय यी खेलाडीका लागि बार्सिलोना, रियल म्याड्रिड, बायर्न म्युनिखजस्ता क्लबहरुले पनि इच्छा देखाएका थिए ।

सन् २०१६ मा पेप गार्डिओलाले म्यान सिटीको प्रशिक्षण सम्हालेयता सर्जियो एगुएरोपछि क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी स्टर्लिङ रहेका छन्। म्यान सिटीले पछिल्ला पाँचमध्ये चार घरेलु लिग उपाधि जितेको छ। गत सातामात्र म्यान सिटीका अनुभवी ब्राजिलियन खेलाडी गाब्रियल जिसस पनि अर्को क्लबमा स्थानान्तरण भएका थिए ।

रोमेलु लुकाकु इन्टरमिलान फर्किएपछि चेल्सी बलियो स्ट्राइकरको खोजीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर