प्रचण्डको निष्कर्ष : रुस-युक्रेन युद्धबारे नेपालले पक्षधरता देखाउनु गम्भीर गल्ती – Nepal Press

प्रचण्डको निष्कर्ष : रुस-युक्रेन युद्धबारे नेपालले पक्षधरता देखाउनु गम्भीर गल्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धका सन्दर्भमा सरकारले गलत नीति लिएको भन्दै आलोचना गरेका छन् । उनले यो विषयमा गठबन्धनभित्र समेत आफूले असहमति राखेको बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रुस-युक्रेनका विषयमा नेपालले देखाएको पक्षधरता नेपालको भूराजनीतिक परिस्थिति प्रतिकूल रहेको उल्लेख गरे ।

‘यो गम्भीर गल्ती भयो भन्ने हाम्रो धारणा हो । एकातर्फ भारतले रुससँग निकटता प्रदर्शन गरिरहेको र चीनले खुलेआम समर्थन गरिरहेको अवस्थामा हामीले कसैको पक्षमा बोल्नुहुँदैनथ्यो । त्यो वक्तव्य क्याबिनेटबाट निर्णय भएर आएको पनि होइन रहेछ । हामीले तत्काल गठबन्धन बैठकमा यो विषयमा असहमति राखेका थियौं’, प्रचण्डले भने ।

उनले यस विषयमा नेपालले स्वतन्त्र असंलग्न नीतिको मान्यता अनुसरण गर्नुपर्नेमा जोड दिए ।

उनले थपे, ‘संवादको माध्यमबाट वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरियोस् भन्ने सजिलो विधि हुँदाहुँदै यो वा त्यो पक्षमा अभिव्यक्ति दिनु हाम्रो भूराजनीतिक अवस्थासँग मेल खाँदैन ।’


प्रतिक्रिया

One thought on “प्रचण्डको निष्कर्ष : रुस-युक्रेन युद्धबारे नेपालले पक्षधरता देखाउनु गम्भीर गल्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर