हतियारसहित नगरपालिका छिरेका तीनजना पक्राउ – Nepal Press

हतियारसहित नगरपालिका छिरेका तीनजना पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियारसहित प्रवेश गरेका तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईँ रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला उनीहरू हतियारसहित नगरपालिकाभित्र छिरेको उनले बताए ।

उनीहरूले कर्मचारीलाईसमेत धम्की दिएका थिए । एक जनालाई कार्यालयबाटै र अन्य दुईजनालाई त्यहाँबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको शाहीले बताए । उनीहरूबाट धारिलो हतियार समेत प्रहरीले बरामद गरेको छ ।

तीनैजनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइने प्रहरी प्रमुख शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *