‘माथिको आदेश नभएको’ भन्दै अर्थमन्त्रीविरुद्धको जाहेरी प्रहरीले दर्ता गरेन – Nepal Press

‘माथिको आदेश नभएको’ भन्दै अर्थमन्त्रीविरुद्धको जाहेरी प्रहरीले दर्ता गरेन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासहित ८ जनाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । ‘माथिको आदेश नभएको’ भन्दै जाहेरी दर्ता नगरिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

राप्रपाले अर्थमन्त्रीसहित ८ जनाले राज्यविरुद्धको अपराध गरेको आरोपमा जाहेरी दिन खोजेको थियो ।

जाहेरी बोकेर राप्रपाका प्रवक्ता तथा सुशासन विभाग प्रमुख शाही टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, आफूले लगेको जाहेरी दर्ता नगरिएको भन्दै शाहीले आक्रोश व्यक्त गरेका छन् ।

उनले पत्रकारसँग भने, ‘नेपाल प्रहरी अर्थमन्त्रीसँग डरायो । एउटा सामान्य जनतालाई भाटा हान्दै थुन्ने प्रहरी देशको ढुकुटीमाथि खेलबाड गर्ने जनार्दन शर्मासँग डराएको छ । यो राष्ट्रको प्रहरी हो कि जनार्दन शर्माको सेक्युरिटी गार्ड हो ?’

‘माथिबाट मुद्दा नलिने आदेश नरहेको’ प्रहरीले बताएको शाहीले बताए । अब आफूहरू अख्तियारमा मुद्दा लिएर जाने उनको भनाइ छ ।

‘अर्थमन्त्रीले राजीनामा दिनुसिवाय अर्को विकल्प छैन,’ उनले भने, ‘उहाँले विदेशी नागरिकलाई राज्यको कर हेरफेरमा संलग्न गराएर राज्यविरुद्धको अपराध गर्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर