भारतका होटलहरुमा ‘सर्भिस चार्ज’ प्रतिबन्ध – Nepal Press

भारतका होटलहरुमा ‘सर्भिस चार्ज’ प्रतिबन्ध

काठमाडौं । भारतका होटलहरुलाई ग्राहकसँग ‘सर्भिस चार्ज’ (सेवा शुल्क) लिन प्रतिबन्ध गरिएको छ । यस किसिमको शुल्क तिर्न बाध्य बनाइएको उपभोक्ताहरुको गुनासो बढ्दै गएपछि भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले उक्त निर्णय गरेको हो ।

भारतका अधिकांश होटल तथा रेस्टुराँहरुले ५ देखि १० प्रतिशतसम्म ‘सर्भिस चार्ज’ लिँदै आएको बीबीसीको रिपोर्टमा उल्लेख छ । हालको नयाँ नियमअनुसार अब कुनै पनि होटल तथा रेस्टुराँहरुले पूर्वनिर्धारित रूपमा वा स्वचालित रूपमा कुनै पनि सर्भिस चार्ज थप्न पाउने छैनन् ।

नयाँ निर्देशनअनुसार रेस्टुराँहरूले अब ‘अन्य कुनै पनि शीर्षकअन्तर्गत’ टिप्स लिन वा त्यस्तो रकम तिर्न अस्वीकार गर्ने व्यक्तिलाई प्रवेश नदिन नपाइने पनि जनाइएको छ ।

भारतको नियमानुसार मेन्युमा लेखिएको शुल्क र सरकारको करबाहेक ग्राहकले कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ । टिप्सको विषयलाई ग्राहकको स्वविवेकमा भरपर्ने कुराको रुपमा व्याख्या गर्दै ग्राहकको सहमतिविना लगाइएको अतिरिक्त शुल्कलाई ‘अनुचित अभ्यास’ बताइएको छ ।

हालको नयाँ नियमविरुद्ध कुनै पनि होटल तथा रेस्टुराँहरुले सेवा शुल्क लिएमा ग्राहकहरूले अनलाइन वा नेशनल कन्ज्युमर हेल्पलाइनमार्फत् गुनासो दर्ता गर्न पाउने व्यवस्थासमेत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर