बजार १३ अंकले वृद्धि, २ अर्बभन्दा धेरैको कारोबार – Nepal Press

बजार १३ अंकले वृद्धि, २ अर्बभन्दा धेरैको कारोबार

काठमाडौ‌ । सेयर बजार आज १३.३३ अंकले वृद्धि भएको छ । बजार ०.६६ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०४३.९२ अंकमा पुगेको हो ।

२ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २२८ वटा कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज एलआईसी नेपालको सबैभन्दा धेरै सेयर मूल्यवृद्धि भएको छ । सो कम्पनीको १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो । गोर्खाज फाइनान्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ७२ लाख ८० हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर