झलनाथ भन्छन्- अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ (भिडिओ) – Nepal Press

झलनाथ भन्छन्- अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने औंल्याए ।

‘यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न हुँदैन । गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्छ । घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ यदी सत्य भए अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’, नेता खनालले भने ।

अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटनाले धेरै कुरामा प्रश्न उठ्ने खनालको तर्क छ । खनालले सवै विषयको उचित समाधान निकाली सदनलाई सहज रूपमा सञ्चालन गर्न दिने वातावरण बनाउन पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर