अर्थमन्त्री प्रकरणले सर्‍यो माओवादी केन्द्रीय समिति बैठक – Nepal Press

अर्थमन्त्री प्रकरणले सर्‍यो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक सारिएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टी नेतृत्वको टिम नै सहभागी भन्दै भोलि बिहान ११ बजेलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना भइरहेको छ । आफूमाथि प्रश्न उठेपछि आजको सदनमा जवाफ दिने शर्माले तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर