शहरी विकास तथा भवन निर्माणका सव-इन्जिनियर घुस रकमसहित पक्राउ – Nepal Press

शहरी विकास तथा भवन निर्माणका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

जनकपुरधाम । वीरगञ्जस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सव-इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

सव-इन्जिनियर रुपेश कुमार दुवे सेवाग्राहीबाट घुस लिँदै गर्दा १ लाख ७० हजार रूपैयाँसहित रंगेहात पक्राउ परेका हुन् ।

स्रोतका अनुसार घुस रकमसहित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले सव-इन्जिनियर दुवेलाई कार्यालय परिसरबाट नियन्त्राणमा लिएको हो । उनी जनकपुरधाम उपमहानगरपालिका २४ निवासी हुन् ।

दुवे घुस रकमसहित पक्राउ परेको पर्सा प्रहरीका प्रवक्त एवम् डीएसपी प्रल्हाद कार्कीले पुष्टि गरे । उनीमाथि थप अनुसन्धान भइरहेको कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर