जापानमा गर्मीले ज्यान गुमाउनेको संख्या २७ पुग्यो – Nepal Press

जापानमा गर्मीले ज्यान गुमाउनेको संख्या २७ पुग्यो

टोकियो । जापानमा गत महिना उच्च गर्मीका कारण १७ जनाले ज्यान गुमाएका छन् । जापानको मौसम विज्ञान विभागका अनुसार जुन महिनामा मात्रै गर्मीका कारणले १७ जनाले ज्यान गुमाउनुका साथै करिब १५ हजार ६५७ जनालाई अस्पताल भर्ना गरिएको छ भने जुन महिनाको २७ देखि यता ३ तारिख सम्म अस्पताल १४ हजार ३५३ जनालाई अस्पताल भर्ना गरिएको छ ।

जापानको सरकारी संचार सस्था एनएचकेले प्रकाशन गरेको समाचार अनुसार जुन महिनाको २७ देखि जुलाई ३ तारिखको बीचमा १० जनाले ज्यान गुमाएको र हालसम्म मृतकको संख्या २७ पुगेको छ ।

जापानको मौसम विज्ञान विभागका अनुसार जापानमा सन् २०१० देखि यता तापक्रम उच्च भएको यो पहिलो पटक हो । जापानको गुन्मा प्रिफेक्चरमा ४०.२ डिग्री पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर