कोरियन भाषा परीक्षा केन्द्रको श्रममन्त्री कुँवरले गरे अनुगमन – Nepal Press

कोरियन भाषा परीक्षा केन्द्रको श्रममन्त्री कुँवरले गरे अनुगमन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित परीक्षा केन्द्रको उनले अनुमगन गरेका हुन् ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिएका छन् ।

यो वर्ष जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेको ईपीएस कोरिया शाखाले जनाएको छ । अहिले विद्यार्थीले युविटीमार्फत परीक्षा दिइरहेका छन् ।

परीक्षाको एक दिनअघि विद्यार्थीको बायामेट्रिक लिने गरिन्छ । त्यसैको आधारमा अर्को दिन भाषा परीक्षा हुने गरेको छ । यो वर्ष ४४ हजार कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर