आइएमई जनरल इन्स्योरेन्स र गैलेक्सी स्पेशलिटी सेन्टरबीच २५ प्रतिशतसम्म छुट दिने सम्झौता – Nepal Press

आइएमई जनरल इन्स्योरेन्स र गैलेक्सी स्पेशलिटी सेन्टरबीच २५ प्रतिशतसम्म छुट दिने सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गैलेक्सी स्पेशलिटी सेन्टर बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र गैलेक्सी स्पेशलिटी सेन्टरका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनीले गैलेक्सी स्पेशलिटी सेन्टर महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु एक्स रे, युएसजी र इसीएचओलगायतका सेवाहरुमा १० प्रतिशसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट दिने भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ताले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले गैलेक्सी स्पेशलिटी सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर