बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु – Nepal Press

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति भने घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडाैंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् ।

घाइते परियारको पिपुल्स अस्पताल नयाँबजार उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो । घाइते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२(०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर