रामहरि खतिवडाको टिप्पणी- अर्थमन्त्रीका कारण देश नै बदनाम हुने अवस्था भो – Nepal Press

रामहरि खतिवडाको टिप्पणी- अर्थमन्त्रीका कारण देश नै बदनाम हुने अवस्था भो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् ।

ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’

अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस्’, उनले अगाडि लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर