कांग्रेस नेता चन्द्र भण्डारीको टिप्पणी- जताततै बिचौलिया, नयाँ भेरियन्टका कोरोना – Nepal Press

कांग्रेस नेता चन्द्र भण्डारीको टिप्पणी- जताततै बिचौलिया, नयाँ भेरियन्टका कोरोना

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जताततै बिचौलिया रहेको बताएका छन् । उनले तरकारीदेखि न्यायालयसम्म रहेका बिचौलिया अहिले बजेट निर्माणसम्ममा पुगेको टिप्पणी गरेका छन् ।

ट्वीटर ह्याण्डलमा उनले लेखेका छन्, ‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म !’

यस्ता काममा बिचौलियालाई राज्यका निकायले नै रातो कार्पेटमा स्वागत गरेको उनको आशय छ । जसलाई नयाँ भेरियन्टका कडा कोरोना भनी उनले कटाक्ष गरेका छन् ।

‘बिचौलियालाई रातो कार्पेट ! नयाँ भेरियन्टको कडा कोरोना !’, उनले अगाडि लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर