नेपाल र क्यानडा भिड्दै – Nepal Press

नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ ।

अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो ।

क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।


प्रतिक्रिया

One thought on “नेपाल र क्यानडा भिड्दै

  1. जितको शुभकामना सम्पुर्ण नेपाली हरुमा🇳🇵🇳🇵🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर