संगठनमा अराजकता देखियो छानबिन गरौँ : अध्यक्ष सिंह – Nepal Press

संगठनमा अराजकता देखियो छानबिन गरौँ : अध्यक्ष सिंह

काठमाडौं । अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनमा देखिएको अराजकताको छानबिन गर्न माग गरेकी छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले यसको व्यवस्थापन हुनुपर्ने बताएकी हुन् ।

केही व्यक्तिहरूका कारण संगठन निकै आलोचित भएको उल्लेख गर्दै उनले छानबिनमा आफ्नो गल्ती देखिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताइन् ।

यस्तै उनले जारी बैठकबाट नै पदाधिकारीको टुंगो लगाउन पनि आग्रह गरेकी छन् ।

बैठक ४, ५ दिन लम्ब्याएर भए पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने उनको भनाई थियो ।


प्रतिक्रिया

One thought on “संगठनमा अराजकता देखियो छानबिन गरौँ : अध्यक्ष सिंह

  1. Nani… Pahila ta cc camera ko taar katne mukh bhari rau bhako muso lai muserima parnu paryo… Natra timrai kapada katna ber lagne xina… Hosiyar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर