पत्रकार सम्मेलन गर्दै गुलाबजंगले भनेः म अन्यायमा परेँ – Nepal Press

पत्रकार सम्मेलन गर्दै गुलाबजंगले भनेः म अन्यायमा परेँ

काठमाडौं । पार्टीको एक जिल्ला नेतृसँगको टिकटकले विवादमा परेका कर्णाली एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले आफू अन्यायमा परेको गुनासो गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले पत्रकारसँग न्याय माग्न आएको बताए ।

शाहले प्रविधिको दुरुपयोग गरेर आफ्नो बदनाम गर्न खोजिएको दाबी पत्रकार सम्मेलनमा गरेका थिए । यद्यपि, उनले कसैमाथि सिधा दोषारोपण गरेनन् ।

शाहले भने, ‘त्यो भिडियो हेर्दा मलाई इमोसनलेस भएर सुतेको देखाइएको छ । मेरो शरीर छैन, आँखा छैन, जुँगा पनि ठूलाठूला बनाइएको छ । मायाप्रितिको गीत बजाउँदा मेरो थोरै मात्र पनि गतिविधि भएको भए, मेरो सहभागीता भएको भए, आरोप लगाउन सकिन्थ्यो । यदि त्यो यथार्थ भएको भए मैले पनि केही रियाक्ट गर्थेँ होला नि त ।’

पत्रकारले उनलाई तपाईंविरुद्ध कसैले षडयन्त्र गरेको आशंका छ ? भनि सोध्दा शाहले कसैमाथि बिना आधार दोषारोपण नगर्ने बताए । उनले भने, ‘म कसैलाई दोष लगाउन आएको होइन । अनुमानको भरमा कसैलाई दोष दिएँ भने त्यो अर्को अपराध हुन्छ । तर, यस्तो भिडियो आउनुहुँदैनथ्यो । यस्तो कुराले समाजमा धेरै नकारात्मक असर गर्छ ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा शाहले स्पष्ट जवाफ दिएनन् । ‘अहिले ममाथि अन्याय भएकाले तपाईंहरु समक्ष न्याय माग्न आएको छु । यो पहिलो खुड्किलो हो । त्यसपछि अरु कुराहरु आउँछन् ।’


प्रतिक्रिया

2 thoughts on “पत्रकार सम्मेलन गर्दै गुलाबजंगले भनेः म अन्यायमा परेँ

  1. परस्त्रीको काखमा परेँ, भिडियो टिकटकमा आएपछि अन्याएमा परेँ। भन्नुपर्ने राजा।

  2. यसलाई कसरी म हैन भन्न मिल्छ । कम्प्युटरबाट कति सम्मको Edit गर्न मिल्छ त्यो हामिलाई थाहा छैन ? कम्रेड पानीको ओभानो नबन्नुहोस । बरु गल्ती भयो भन्दै त्यो तपाईकी नाठिलाई सम्झाउनु होला । किन यसो गरेको । हैट😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर