ओलीको कटाक्ष- टाउकोको मोल तोक्ने र टाउकोमा बम हान्ने मिलेर लुट्दैछन्, युद्ध पीडितको बिचल्ली (भिडिओ) – Nepal Press

ओलीको कटाक्ष- टाउकोको मोल तोक्ने र टाउकोमा बम हान्ने मिलेर लुट्दैछन्, युद्ध पीडितको बिचल्ली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिलेर आज देश लुट्ने र युद्ध पीडितलाई झन् पिडा दिने खेलमा संलग्न रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा ओलीले टाउको मोल तोक्ने शेरबहादुर देउवा र बम हान्ने प्रचण्डलाई लक्षित गर्दै दुवै नेताको एक मात्र उद्देश्य हानिकारक गठबन्धन टिकाउनेबाहेक केही नरहेको आरोप लगाए ।

ओलीले भने– हिजो टाउको मोल तोक्ने र टाउकोमा बम हान्नेहरू मिलेर देश लुट्ने ? अनेक सपना देखाएर लडाइमा धकेलिए लडाकुहरूलाई केही गर्न नपर्ने ? काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?

ओलीले आफ्ना पालामा संक्रमणकालीन न्याय निरूपणको काम टुंगिन लाग्दा जस एमालेले लिन्छ भनेर अहिले सरकारमा हुनेहरूले काम हुन नदिएको आरोप लगाए । ओलीले युद्ध पीडितहरूको बिचल्ली रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर