सिद्धबाबा दर्शनमा आएका एक भारतीयको डुबेर मृत्यु, अर्का बेपत्ता – Nepal Press

सिद्धबाबा दर्शनमा आएका एक भारतीयको डुबेर मृत्यु, अर्का बेपत्ता

रुपन्देही । रुपन्देही-पाल्पाको सिमानामा रहेको सिद्धबाबा दर्शन गर्न भारतबाट आएका दुई युवकको तिनाउ नदीले बगाएकोमा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

सिद्धबाबा मन्दिरको दर्शन गरेर झोलुङ्गे पुलमा पौडी खेल्न पुगेका भारत उत्तर प्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद र सनि कुमारलाई तिनाउ नदीले बगाएकोमा नन्दकुमार मृत अवस्थामा फेला परेका छन् भने सनि कुमार बेपत्ता भएका छन् ।

नदीले बगाएको खबर प्राप्त भएलगत्तै पाल्पाको दोभान प्रहरीले खोजतलास गर्दा निसादको शव बुटवल १९ लाफाचौरमा भेटिएको पाल्पा प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू भारतको युपी दोहरिया गोरखपुरबाट पाल्पा सिद्दबाबा मन्दिर दर्शनको लागि ६० जनाको टोलीसँग सिद्धबाबा आएका थिए । दर्शनपश्चात तिनाउ गाउँपालिका-२ झोलुङ्गेपुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *