आरोही लालबहादुरले लेनिन पिकमा एसनिकट युवा संघकाे झण्डा फहराउने – Nepal Press

आरोही लालबहादुरले लेनिन पिकमा एसनिकट युवा संघकाे झण्डा फहराउने

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालबहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न जान लागेको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा व्यक्त गरेकोले उनलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुन् । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहेका उनले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरिसकेका छन् ।

उनले मनास्लु हिमाल एक पटकआमा डवलम, ३ पटक पुमरी, एक पटक मेरा पिक, ५ पटक सिंगा चुली, एक पटक टेनपिक, २ पटक दम्पोस पिक, एक पटक लार्के पिक, एक पटक अम्विगेप्चेन, एकपटक इसल्याण्डपिक, एक सय २० पटक लवुजेपिक, ३० पटक सोलु पिक, एक पटक लाङसिसरी, एकपटक नयाँकाङ, ३ पटक एलापिक, ३ पटक रमुदङ, एक पटक खाम्सेकु लगायत २६ वढी हिमाल रोहण गरीसकेका छन् । नेपाल वाहक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राइ, कार्यलय प्रमुख नरेश गिरि, कोषध्यक्ष दिपक दुवादी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर