जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित) – Nepal Press

जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का तीन मन्त्री हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका ३ मन्त्री थपेर मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी हुन् ।

नवनियुक्त मन्त्रीमध्ये भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव छन् ।

नवनियुक्त मन्त्रीहरूको आजै अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथग्रहण हुने बताइएको छ ।

जसपाले सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको छ ।

बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरू सरकारमा पठाएका हुन् ।


प्रतिक्रिया

One thought on “जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर