युक्रेनको लुहानस्क सहर रुसको कब्जामा , स्लोभिनस्कमा भारी गोलिबारी – Nepal Press

युक्रेनको लुहानस्क सहर रुसको कब्जामा , स्लोभिनस्कमा भारी गोलिबारी

किएभ । विगत चार महिना भन्दा बढिको समय देखी जारी रुस–युक्रेन युद्धमा रुसले युक्रेनको महत्वपूर्ण सहर लुहानस्क शहरमा पूर्ण कब्जा गरेको छ भने स्लोभिनस्क सहरमा जारी भारी गोलिबारीमा परी ६ जनाको मृत्‍यु भएको छ ।

रुसी सैनीकका अनुसार पुर्वी युक्रेनको लुहानस्क सहरमा विगत एक हप्ता देखी जारी युद्द पश्चात युक्रेन सेना पछी हटेको हो। युक्रेनले पनि हाल लुहानस्क सहर रुसको कब्जामा गएको जनाएको छ ।

आफ्ना सेनाहरुको ज्यान बचाउनको लागी युक्रेनले आफ्ना सेनाहरुलाई लुहानस्क सहरबाट पछी हट्न आदेश दिएको जनाएको छ । पछिल्लो समय पूर्वी युक्रेनमा आफ्नो आक्रमणलाई केन्द्रित गरिरहेको रुसले लुहानस्क पश्चात स्लोभीनस्क शहरमा आक्रमण तिव्र बनाएको छ ।

अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार हिजो (आइतबार) देखि रुसले स्लोभिनस्क सहरमा आक्रमणलाई झन् तिव्र बनाएको हो । स्लोभिनस्क सहरको उक्त आक्रमण हाल सम्मकै सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर