पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय पक्राउ – Nepal Press

पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय पक्राउ

रुपन्देही । रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शंका लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बसपार्क नजिक उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत सिद्दार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अली रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक चिनकको कम्मरमा बाँधिएको कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान बरामद गरिएको छ ।

आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डको गस्ती टोलीले पछ्याउने क्रममा भाग्ने क्रममा मोटरसाइकल गोरुलाई ठक्कर दिइ अनियन्त्रित भएर पल्टिएको थियो ।

मोटरसाइकल दुर्घटनामा परी तीनैजना घाइते भएको र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर