मधेस सरकारको बजेटमाथि आजदेखि छलफल हुने – Nepal Press

मधेस सरकारको बजेटमाथि आजदेखि छलफल हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि छलफल सुरू हुने भएको छ ।

त्यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट पेस गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको थियो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर