केएमसी स्कुलबाट शव उठाउने तयारी, मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमती – Nepal Press

केएमसी स्कुलबाट शव उठाउने तयारी, मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमती

काठमाडौं। बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा महिला कर्मचारीको शंकास्पद मृत्युको घटनामा विधालय प्रशासनले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार दिनभर भएको वार्तापछि मृतकका परिवारले शव उठाउन दिने सहमती गरेका हुन् ।

अहिले मुचुल्का भइरहेको र केहीबेरमा पोस्टमार्टमका लागि त्रिवि टिचिङ अस्पताल लगिने प्रहरीले जनाएको छ। काभ्रेको तिमालकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ गर्ल्स होस्टलको भुँई तलामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

मृतकका परिवारले रमाको हत्या भएको भन्दै प्रदर्शन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *