सेयर बजारमा उछाल, ५७ अंकले वृद्धि – Nepal Press

सेयर बजारमा उछाल, ५७ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज बजार ५७.६१ अंकले वृद्धि भएको छ । बजार २.८४ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०८६.३८ अंकमा पुगेको छ ।

२ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

हिमालयन पावर, अपर तामाकोशी, सान्जेन जलविद्युत, साल्ट ट्रेडिङ कर्पोरेशन, नेष्डो समृद्ध लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य आज सबैभन्दा धेरै वृद्धि भएको छ । ती कम्पनीहरूको १०–१० प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।

सबैभन्दा धेरै सेयर कारोबार भने न्यादी ग्रुप पावर लिमिटेडको भएको छ । सो कम्पनीको २२ करोड २८ लाखको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर