महिला साफ च्याम्पियनसिप नेपालमा हुने – Nepal Press

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ ।

शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
शनिवारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण कांग्रेस २०२२ ले  काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

सलाउद्दिन दोस्रो कार्यकालका लागि पुनः साफको अध्यक्षमा निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर