नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली – Nepal Press

नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए ।

उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाव दिए ।

उनले परम्परागत खेती किसानबाट भन्दा औषधीय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेती गर्नतर्फ लाग्नु पर्ने बताए ।


प्रतिक्रिया

One thought on “नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : एमाले अध्यक्ष ओली

  1. उहाँकै पालामा किसानले मल पाएनन्, वंगलादेशवाट ल्याउँने अाश्वासन तुहियाे, प्रधानमन्त्री कृषि अाधुनिकीकरण पनि विचाैलिया र दलालीकरण भएकाे हाे भन्छ स्राेत, अाेली बाेली र व्यवहार अाकाश पाताल र जमिनमा भए बा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर