वर्तमान अवस्था उजार गर्ने ‘ढाड सेक्ने महँगी’ (भिडिओ) – Nepal Press

वर्तमान अवस्था उजार गर्ने ‘ढाड सेक्ने महँगी’ (भिडिओ)

कैलाली । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भइरहेको महँगीले नेपाली जनता आक्रान्त बनेका छन् ।

महँगी नियन्त्रण गर्न अहिले सबैले आ–आफ्नो क्षेत्रबाट दबाब दिइरहेका छन् । यसैबिच गायक तथा सङ्गीतकार रामप्रसाद अवस्थीले आफ्नो सङ्गीत मार्फत सरकारलाई व्यङ्ग गरेका छन् ।

उनले सार्वजनिक गरेको ‘ढाड सेक्ने महँगी’ले वर्तमान अवस्था उजागर गरेको छ । आफ्नै शब्द, सङ्गीत र स्वरमा उनले केही दिन पहिले ‘ढाड सेक्ने महँगी’ सार्वजनिक गरेका थिए । अहिले गीतले चर्चा पाइरहेको छ ।

गीतमा पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि, एमसीसी परियोजना, सरकारको आश्वास र किसानमा समस्याहरू विषयमा व्यङ्ग गरिएको छ ।

जनतामा मारमा पर्दा पनि सरकार गम्भीर नभएको सन्देश दिने गरी गीत बजारमा ल्याइएको हो ।
अहिलेको अवस्था अनुसार गीत सार्वजनिक गरिएका गायक अवस्थी बताउँछन् ।

‘जनता अहिले निकै समस्यामा छन् । हामीले त्यही समस्या सम्बोधन होस् भनेर गीत बजारमा ल्याएका हौँ’ उनले भने ‘सरकार यो विषयमा गम्भीर बन्न आवश्यक छ ।’

अवस्थीलाई स्वरमा पूर्णकला बिसीले साथ दिएकी छन् । सङ्गीत संयोजन विनोद बाजुरेलीको छ । छायाङ्कन हरिस महरा,सम्पादन लोकेश भाट रहेको गीत भूमिराज म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

अवस्थीले यस अघि पनि जनताका गुनासा र समस्यामा विषयमा दर्जनौँ गीत बजारमा ल्याइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर