नेकपा एसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ? (भिडिओ) – Nepal Press

नेकपा एसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए ।

खनालले भने– तलको हल्लाले केही तुक राख्दैन । तलका कुराको अर्थ छैन । सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ । अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार हुन्छ ।

खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए ।


प्रतिक्रिया

One thought on “नेकपा एसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ? (भिडिओ)

  1. अरू पार्टी सरह २ प्रदेशकाे मुख्यमन्त्री खाने हैसियत छ एसकाे ? चुनावमा देखिएन ? गलहत्याएर निकाल त । एमालेले काँध थाप्ने हाेईन नि फेरि । एसकाेबिचल्ली भएकाे जनतालाई देखाउ पहिला अनि हुन्छ कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर