सुटकेसको ह्याण्डिल नै सुनको भेटिएपछि… – Nepal Press

सुटकेसको ह्याण्डिल नै सुनको भेटिएपछि…

काठमाडौं । थाइल्याण्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ ।

शुक्रबार राति नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरले बोकेको सुटकेसको ह्याण्डिलभित्र सुन लुकाएर ल्याएको पाइएपछि त्रिभुवन विमानस्थलभन्सार कार्यालयले सुनसहित नियन्त्रणमा लिएको हो।

तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्‌यान्डल साइडको भित्रपटि शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिब ५ ईन्च लम्बाई र १ ईन्च चौडाईको सुनको बारलाई कार्वन पेपरले ऱ्यापिङ् गरी अड्काएर सुन फेला परेको थियो। उनको सुटकेसमा अरु कुनै सामान थिएन ।

उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको  छ । शुक्रबार राति नै तुलाधरलाई नेपाल प्रहरीको हिरासतमा राखि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरेको छ।

सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्दै भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर