पूजा शर्माको ड्रिम प्रोजेक्टमा भित्रिए अनमोल, पहिलोपटक अनस्क्रिन जोडी बन्दै – Nepal Press

पूजा शर्माको ड्रिम प्रोजेक्टमा भित्रिए अनमोल, पहिलोपटक अनस्क्रिन जोडी बन्दै

काठमाडौं । नायिका पुजा शर्माले निर्माण गर्ने होम प्रोडक्सन फिल्ममा सुपरस्टार अनमोल केसीको इन्ट्री भएको छ । हिजो अबेर सामाजिक सञ्जालमार्फत पुजाले यो सरप्राइज न्यूज दर्शकहरुलाई बाँडेकी हुन् ।

यस चलचित्रमा पुजाले अनमोलको जोडीका रुपमा स्क्रिन सेयर गर्ने छिन् । उनीहरुले पहिलोपटक एकै चलचित्रमा काम गर्न लागेका हुन् । अनमोलले कुनै स्थापित नायिकासँग जोडी गाँस्न लागेको पनि पहिलोपटक हो ।

चलचित्रको निर्देशन सुदर्शन थापाले गर्ने छन् । पुजाले चलचित्रको नाम भने सार्वजनिक गरेकी छैनन् । अनमोललाई आफ्नो टिममा भित्र्याउन पाउँदा पुजाको खुशीको सीमा छैन । पहिलोपटक आफ्नो होम प्रोडक्सन फिल्म निर्माण गर्न लाग्दा डर र उत्साह दुवै भएको उनले बताएकी छन् । यो आफ्नो सपनाको प्रोजेक्ट भएको उनको भनाइ छ ।

‘मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ,’ पुजाले लेखेकी छन् । आनमोलसँग एउटै चलचित्रमा काम गर्न यसअघि पनि जमर्को गरे पनि सफल नभएको पुजा बताउँछिन् । उनी लेख्छिन्, ‘तर समय नआइकन कुनै प नि कुरा नहुने रहेछ । अब भने समयले अनमोल र मलाई एउटै चलचित्रमा जोडिदिएको छ । अनमोलले मेरो निर्माणमा गरेको विश्वासप्रति निक्कै आभारी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर