चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते – Nepal Press

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

बारा । बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादवको शुक्रवार दिउँसो मृत्यु भएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।

सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर